National life

युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु.५०० सम्म बोनस

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ फागुन २०८१, बिहिबार
751Shares
युएईबाट बोटिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु.५०० सम्म बोनस
ncell

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

बोटिम एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपालीमा थप उत्साह थप्न सहयोग गर्ने विश्वास कम्पनीले राखेको छ ।

यहि फागुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत नेपाली रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१० हजार वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?