National life

युवा पुस्ताहरुलाई मध्य-नजर गर्दै सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
628Shares
युवा पुस्ताहरुलाई मध्य-नजर गर्दै सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम
ncell

काठमाडौँ । नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पु¥याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अंतर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै “सिटिजन विथ जेन जेड” कार्यक्रमहरु संचालन गर्ने भएको हो ।

भविष्यका लागि जीवन बीमा र लगानिको महत्व बारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु संचालन गर्ने कम्पनीको उद्देश्य रहेको छ । सिटिजन आफैमा नेपालको जीवन बीमा कम्पनीहरु मध्धे कान्छो कम्पनीहरुमा पर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस कम्पनीमा कार्यरत कर्मचारीहरु पनि धेरै जसो युवा उमेर समूहकै छन । सायद त्यसैले नै होला यस कम्पनीले सधै जोश र जागरका साथ नयाँ र आक्रमक रणनिती लिएर व्यापार प्रतिसप्रधामा उच्च स्थान हासिल गरी सधै आफुलाई प्रमाणित गर्दै आइरहेको छ ।

हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरु आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरुमा सहभागी हुने साथै विभिन्न खेल्कुद प्रतियोगिताहरुमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ ।

साथै, यसै वर्ष देखी विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरु मध्य विविधतामा समावेशिताको भावना जागाउनका लागी विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी गरेकोे छ ।

पछिल्लोे समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालन लगायत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी हो । अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सकृय र अप टु डेट बनाउने प्रयासमा छ । जसका लागी कम्पनीको व्यवस्थापन समुहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तय गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?