National life

राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, सत्तापक्षले दादागिरीपन देखायो : शाही

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
452Shares
राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, सत्तापक्षले दादागिरीपन देखायो : शाही
ncell

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ। अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले बैठक कार्यसूचीमा अघि बढाएसँगै राप्रपाले संसद् बैठक बहिस्कार गरेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गरेको जानकारी दिएका छन्। संसद् बैठकमै बोल्दा पनि प्रमुख सचेतक शाहीले सत्तापक्षले दादागिरी देखाएको बताएका थिए।

Royal Enfield
nic asia capital
उनले सदनमा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित नहुने बताएका थिए।

भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्न मागमा सबैले साथ दिनुपर्ने धारणा राखेका शाहीले अरू कुरा केही नगरी संसद् चलाउनु संसदीय अभ्यास नभएको र यो दादागिरी प्रबृति भएको बताएका छन् ।

भिजिट भिसा प्रकरणमा राप्रपाले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गरेको छ। शुक्रवार गृहमन्त्री रमेश लेखकले संसदमा जबाफ दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?