National life
cg eloctronics

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रिएपछि व्यवसायी एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
1KShares
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रिएपछि व्यवसायी एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी 
muktinatha bikash bank

काठमाडौँ। अमेरिकी अरबपति व्यवसायी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) मा ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दलको सुरुवातको घोषणा गरेका छन् ।

व्यवसायी मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्यूटीफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसले अमेरिकी राजनीतिमा तरङ्ग ल्याएको छ । मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गर्न लागेका हुन्। मस्कले भनेका छन्–आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईँले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् ।

मस्कले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे । मस्कले आफ्नो पोस्टमा भनेका छन्– ‘तपाहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईँले त्यो पाउनु हुनेछ। अमेरिकालाई बरबाद गर्ने र भ्रष्टाचार गर्ने कुरा आउँदा, अमेरिकाका दुवै दल ९रिपब्लिकन र डेमोक्रेट० एउटै हुन् । अब देशले दुई दलीय प्रणालीबाट मुक्ति पाउनेछ ।’

everest bank

मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे। यसमा उनले सोधे, ‘के तपाईँ दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनु पर्छ रु’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?