National life

राष्ट्रपति प्रधानमन्त्री र विशिष्ट व्यक्तिको उपस्थितिमा टुँडिखेलमा संविधान दिवस मनाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
690Shares
राष्ट्रपति प्रधानमन्त्री र विशिष्ट व्यक्तिको उपस्थितिमा टुँडिखेलमा संविधान दिवस मनाइँदै
ncell

काठमाडौं। आज असोज ३ गते सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह का साथ संविधान दिवस आयोजना गरिएको छ । उक्त मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

संविधान दिवसको अवसरमा नारायणहिटी दरबार अगाडिको सडकमा आज साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ । यी कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आह्वान गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?