National life

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा , प्रतिहजार ५५ रुपैयाँ कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०८ माघ २०८२, बिहिबार
708Shares
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा , प्रतिहजार ५५ रुपैयाँ कायम
ncell

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको आर्थिक अवस्था, दायित्व तथा जोखिमको समग्र लेखाजोखा (बीमांकीय मूल्यांकन) सम्बन्धी बीमांक प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २९ गते स्वीकृत भएसँगै उक्त बोनसदर घोषणा गरिएको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लागू हुने गरी सबै किसिमका मुनाफामा सरिक हुने जीवन बीमा योजनामा समान बोनसदर निर्धारण गरेको जनाएको छ। कम्पनीका अनुसार अब सबै बीमा योजनाका सम्पूर्ण बीमा अवधिमा प्रतिहजार बीमांकमा ५५ रुपैयाँका दरले वार्षिक बोनस प्रदान गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार, बोनस आर्जन गर्ने उद्देश्यले जारी गरिएका सबै प्रकारका जीवन बीमालेखहरूमा आर्थिक वर्ष २०८२/८३ का लागि यही दर लागू हुनेछ। यसले बीमितहरूलाई समान र पारदर्शी ढंगले बोनस वितरण हुने सुनिश्चित गर्ने कम्पनीको विश्वास छ।

यस्तै, विशेष बीमा योजनाअन्तर्गत रहेका जीवन बन्धु (२) र राष्ट्र सेवक बीमालेखका हकमा भने अघिल्ला आर्थिक वर्षका बोनसदर यथावत् रहेको जानकारी पनि कम्पनीले दिएको छ। कम्पनीका अनुसार जीवन बन्धु (२) र राष्ट्र सेवक (आरएसके) बीमालेखमा आर्थिक वर्ष २०८०/८१ सम्म प्रतिहजार बीमांकमा ६५ रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम गरिएको थियो।

कम्पनीले आगामी बीमांकीय मूल्यांकन सम्पन्न नभएसम्मका लागि हाल घोषणा गरिएको बोनसदरलाई अन्तरिम बोनसदरका रूपमा लागू गरिने पनि जनाएको छ। यस अवधिमा बीमालेख परिपक्व हुने, दाबी भुक्तानी हुने वा अन्य कारणले बोनस गणना गर्नुपर्ने अवस्थामा यही दरका आधारमा बोनस प्रदान गरिने कम्पनीको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?