National life

राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा १४५.४५ प्रतिशतले वृद्धि, यस्तो छ अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
749Shares
राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा १४५.४५ प्रतिशतले वृद्धि, यस्तो छ अन्य सूचक
ncell

काठमाडौँ। राष्ट्रिय जीवन बीमा कम्पनीको गत वर्षको नाफामा ठुलो मात्रामा वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा १४५.४५ प्रतिशतले वृद्धि भएर १५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड २६ लाख रुपैयाँ मात्रै थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षमा यस्तो बीमा कोष ४६अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७८.६१ रुपैयाँले बढेर ११३.२० रुपैयाँ पुगेको छ।

कुल चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ फण्डको आकार ३१.७० प्रतिशतले वृद्धि भएर ६३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले वृद्धि गरेको छ।

गत वर्षको असार मसान्तसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो बीमाशुल्क आर्जन साढे ८ अर्ब मात्रै थियो । यससँगै कम्पनीको कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले वृद्धि भएर ५ अर्ब २५ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?