National life
cg eloctronics

राष्ट्रिय योजना आयोगको सदस्यमा ६ जना नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
989Shares
राष्ट्रिय योजना आयोगको सदस्यमा ६ जना नियुक्त
muktinatha bikash bank

काठमाडौं। राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त भएका छन्। सरकारले योजना आयोग सदस्यमा अर्जुनजंग थापा, प्रा.डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा.डा. सुदन झा र डा. पुकार मल्ल नियुक्त भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस)का सिनियर फेलो हुन् । अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाकारको भूमिकामा थिइन् ।

everest bank

प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन्। उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन्। यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?