National life

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
620Shares
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौं। आज वैशाख १२ गते शुक्रबारका दिन राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस ऋणपत्रमा आवेदन दिने सक्नेछन्।

वैशाख २१ गतेसम्म आवेदन दिने म्याद थप भएपनि मागभन्दा बढी आवेदन परेकाले आजदेखि उक्त ऋणपत्रको बिक्री बन्द हुने कम्पनीले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो। जसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ।बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ।

९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो। उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ। यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ।

 

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?