काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति बिना स्वयम्ले निर्णय गरी महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका एकिकृत निर्देशन २०८१ मा संशोधन गर्दै महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्ने विषयमा लचिलो व्यवस्था गरेको हो ।
तर, यसका लागि केन्द्रीय बैंकले सर्त अघि सारेको छ ।
१.
२. सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्न सकिनेछ ।
३. शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० दिनकोे सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्नेछ ।
४. दुई वा सोभन्दा बढी शाखाहरु समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
५. शाखा समायोजन गरेको ३ कार्यदिनभित्र अनुसूची १४.२ बमोजिमको विवरण यस बैंक समक्ष पेश गर्नुपर्नेछ ।






































