National life

राष्ट्र बैंकद्धारा ५ सय रुपैयाँका २३ करोड नोट छपाइ गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ चैत २०८१, आइतबार
511Shares
राष्ट्र बैंकद्धारा ५ सय रुपैयाँका २३ करोड नोट छपाइ गर्न अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड थान नयाँ  नोट छपाइका लागि बोलपत्र आह्वान गरेको हो । बैंकले उक्त जिम्मेवारी लिने कम्पनी छनोट गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

यसअघि राष्ट्र बैंकले नयाँ नोट छपाइ, डिजाइन र आपूर्तिका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरिसकेको थियो।

Royal Enfield
nic asia capital
उक्त सूचीमा छ वटा अन्तर्राष्ट्रिय कम्पनीलाई बोलपत्र पेश गर्न अनुमति दिइएको छ।

बैंकले चीन, बेलायत, जर्मनी, रूस, फ्रान्स र पोल्याण्डका प्रतिष्ठित छपाइ कम्पनीहरूलाई छनोट गरेको छ। इच्छुक कम्पनीहरूले २०२५ मे १४ भित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?