काठमाडौँ। नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०८३ का लागि बैंकिङ बिदा र कार्यालय सञ्चालन समय सम्बन्धी तालिका सार्वजनिक गरेको छ। मानव संशाधन व्यवस्थापन विभागमार्फत जारी सूचनामा वार्षिक बिदा, कार्यालय खुल्ने समय, बैंकिङ सेवा सञ्चालनका घण्टा लगायतका विषय स्पष्ट रूपमा समेटिएका छन्।
प्रमुख पर्वमा बैंक बन्द रहने व्यवस्था
सार्वजनिक गरिएको तालिकाअनुसार नयाँ वर्ष, श्रमिक दिवस, बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, गाईजात्रा, कृष्ण जन्माष्टमी, तीज, संविधान दिवस, इन्द्रजात्रा, दशैं, तिहार, छठ, ल्होसार, महाशिवरात्रि र फागु पूर्णिमा जस्ता राष्ट्रिय तथा धार्मिक पर्वका अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।
क्षेत्र र समुदायअनुसार छुट्टै बिदा
यसका अतिरिक्त केही बिदाहरू विशेष समुदाय, क्षेत्र वा कर्मचारी समूहलाई लक्षित गरी निर्धारण गरिएका छन्।
यस्तै, विभिन्न धार्मिक समुदायका चाडपर्वअनुसार पनि सम्बन्धित समूहलाई बिदा प्रदान गरिने व्यवस्था गरिएको छ।
कार्यालय समय (Office Hour)
राष्ट्र बैंकले मौसमअनुसार कार्यालय समय फरक–फरक राखेको छः
-बिहान १०:०० देखि साँझ ५:०० बजे (आइतबार–बिहीबार)
लागू अवधि: २०२६/०४/१४ देखि २०२६/११/०१
तथा २०२७/०१/३० देखि २०२७/०४/१३
-बिहान १०:०० देखि साँझ ४:०० बजे (आइतबार–बिहीबार)
लागू अवधि: २०२६/११/०२ देखि २०२७/०१/२९
बिहान १०:०० देखि दिउँसो १:३० बजे (हरेक शुक्रबार)
बैंकिङ समय (Banking Hour)
ग्राहक सेवा सम्बन्धी बैंकिङ समय यसप्रकार तोकिएको छः
-बिहान १०:०० देखि साँझ ४:०० बजे (आइतबार–बिहीबार)
लागू अवधि: २०२६/०४/१४ देखि २०२६/११/०१
तथा २०२७/०१/३० देखि २०२७/०४/१३
-बिहान १०:०० देखि दिउँसो ३:०० बजे (आइतबार–बिहीबार)
लागू अवधि: २०२६/११/०२ देखि २०२७/०१/२९
बिहान १०:०० देखि दिउँसो १२:३० बजे (हरेक शुक्रबार)
साप्ताहिक बिदा र अन्य व्यवस्था
-हरेक शनिबार: पूर्ण बिदा
-हरेक शुक्रबार: आधा बिदा
-नेपाल सरकारले घोषणा गर्ने अन्य सार्वजनिक बिदामा पनि बैंक बन्द रहने-
अत्यावश्यक सेवा भने जारी रहने
राष्ट्र बैंकले बैंक -बन्द भए पनि केही अत्यावश्यक सेवा भने निरन्तर उपलब्ध गराइने जनाएको छ।
-नगद भुक्तानी (Cash Payment)
-ईसीसी (ECC)
-मौद्रिक व्यवस्थापन
-आरटीजीएस (RTGS)
-अन्य अत्यावश्यक बैंकिङ सेवा
यी सेवाहरू तोकिएको बैंकिङ समयअनुसार सञ्चालन हुनेछन्।
प्रदेश र अन्य विशेष व्यवस्था
-प्रदेश सरकारले घोषणा गर्ने सार्वजनिक बिदामा सम्बन्धित प्रदेश कार्यालय अधिकतम ६ दिनसम्म बन्द रहने
-यदि प्रदेश सरकारले ६ दिनभन्दा बढी बिदा घोषणा गरेमा (विशेषगरी काठमाडौं उपत्यकामा), त्यससम्बन्धी निर्णय गृह मन्त्रालय अनुसार लागू हुनेछ
-नेपाल सरकारले घोषणा गर्ने अतिरिक्त सार्वजनिक बिदामा पनि बैंक बन्द रहने तर अत्यावश्यक सेवा भने सञ्चालनमा रहने



































