National life

राष्ट्र बैंकले भोलि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
568Shares
राष्ट्र बैंकले भोलि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ २३ गते जारी गर्ने गरी केन्द्रीय बैंकले १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

तथापि, मङ्गलवार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकको सूचनाअनुसार १८२ दिने ट्रेजरीका लागि ७ अर्ब रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ नवीकरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार अर्थात् माघ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ २३ गते मङ्गलवार हुनेछ ।

केन्द्रीय बैंकले यसअघि माघ १५ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?