काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्वमा कुनै पनि खालका उपहार नलिने जनाएकाे छ । रास्वपाले चाडपर्वमा कुनै पनि खालका उपहार नस्वीकार्ने र नदिने जनाएको हाे ।
जनताप्रति समदुरीमा रहेर सक्रिय रहनुपर्ने भन्दै रास्वपाले उपचारको आकर्षण र प्रलोभनबाट दलहरू मुक्त हुनुपर्ने भन्दै उनले उपहार लिने र दिने कार्यक्रम नगर्ने जनाएको छ ।
रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चाडपर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ ।
रास्वपाले आफ्ना निकटम परिवारजनबाहेक अन्य कुनै पनि व्यक्ति तथा संस्थाबाट कुनै पनि किसिमको उपहार नलिने, कुटनीतिक नियोगका अधिकारीहरुसँगको शिष्टाचार भेटमा आ–आफ्नो मुलुकुको पहिचान झल्काउने मायाको चिनो वा कुनै राष्ट्रिय अवसरमा कुनै व्यक्ति संस्था वा अन्तर्राष्ट्रिय नियोगहरुबाट सन्देशमूलक पत्र वा कार्ड वा सामान्य मायाको चिनो लिन दिन सकिने जनाएको छ ।
पार्टीको उल्लिखित नीतिको पालनामा सहयोग गर्न बिना पूर्व सूचना रास्वपाका कुनै पनि नेता गण तथा सांसदहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा (कोही र कसैमार्फत) कुनै पनि उपहार पठाउने कष्ट नगर्न, नगराउन रास्वपाले अनुरोध गरेको छ ।

































