National life

रास्वपा सांसद सूर्यबहादुर तामाङ कालोसूचीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.9kShares
रास्वपा सांसद सूर्यबहादुर तामाङ कालोसूचीमा
ncell

काठमाडौं। उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। केन्द्रको अभिलेख हेर्दा तामाङ आवद्ध ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक नसाटिएको प्रकरणका कारण कालोसूचीमा परेको देखिएको हो।

उक्त कम्पनीमा सूर्यबहादुर तामाङ र लीला राई सञ्चालकको रूपमा रहेको उल्लेख गरिएको छ। निर्वाचनको परिणाम सार्वजनिक भएसँगै तामाङसँग सम्बन्धित कम्पनी कालोसूचीमा रहेको जानकारी बाहिर आएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्जा सूचना केन्द्रको विवरणअनुसार ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ को नाम कालोसूचीको १०१,५१४ नम्बरमा समावेश गरिएको छ।

केन्द्रका अनुसार २०८० माघ २५ गते सो कम्पनीले त्रिथुङ्गा ट्रेडिङको नाममा माछापुछ्रे बैंकको खाताबाट काटेको २ लाख ५५ हजार रुपैयाँको चेक भुक्तानी हुन नसकेपछि कम्पनी र यसका सञ्चालकलाई कालोसूचीमा राखिएको थियो। यसअघि पनि कम्पनीबाट जारी गरिएका केही चेक नसाटिएका घटनाहरू अभिलेखमा रहेको जनाइएको छ।

यसै क्रममा २०७९ फागुन १५ गते इस्टन एजेन्सिसका नाममा माछापुछ्रे बैंकबाट जारी गरिएको १ करोड ५५ लाख रुपैयाँको चेक पनि नसाटिएपछि कम्पनी र सञ्चालकलाई कालोसूची नम्बर ५७,८२३ अन्तर्गत राखिएको उल्लेख छ। साथै २०८० भदौ ५ गते सुरेश श्रेष्ठका नाममा काटिएको २२ लाख ५० हजार रुपैयाँको चेकसमेत भुक्तानी हुन नसकेको विवरणमा देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?