National life

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ साउन २०८२, सोमबार
526Shares
रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने
ncell

काठमाडौं । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा अपरान्ह ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Royal Enfield
nic asia capital

यसैगरी आर्थिक वर्ष २०८१र८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु पारित गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश स्वीकृत गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

सभामा रिक्त रहेको एकजना सञ्चालकको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?