National life

रिज लाइन इनर्जीको आईपीओ आजबाट सर्वसाधारणका लागि खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
472Shares
रिज लाइन इनर्जीको आईपीओ आजबाट सर्वसाधारणका लागि  खुला
ncell

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले आम लगानीकर्ताका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।

जारी गरिएको सेयरमध्ये ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने २८ हजार ४४० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital

आवेदन दिन चाहनेले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट फाराम भर्न सक्नेछन्। साथै, मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन गर्ने सुविधा पनि उपलब्ध रहेको छ।

यस आईपीओमा छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।

यसअघि कम्पनीले बोर्डबाट २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको थियो। सो स्वीकृतिअनुसार पहिलो चरणमा गत पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सेयर बिक्री गरिसकेको छ।

पहिलो चरण पूरा भएपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?