National life

रिलायबल नेपाल लाइफको आइपीओ आजदेखि बिक्री खुला, हेर्यौ कस्तो छ कम्पनीको अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
763Shares
रिलायबल नेपाल लाइफको आइपीओ आजदेखि बिक्री खुला, हेर्यौ कस्तो छ कम्पनीको अवस्था
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भोलिदेखि आइपीओ विक्री गर्ने भएको छ । कम्पनीले भोलि असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले १ सय रुपैयाँयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आइपीओ निष्काशन गर्न लागेको हो। यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

जीवन बीमा कम्पनीहरुमा ट्रिपल बी प्लस रेटिङ प्राप्त गर्ने यो पहिलो कम्पनी रहेको छ। ट्रिपल बी प्लस रेटिङ पाएका कम्पनीले वित्तीय दायीत्व समयमै निर्वाह गर्न सक्ने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

कम्पनी स्थापना

कम्पनीले २०६४ मंसिर १८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भई मिति २०७४ साउन १८ मा कारोबार गर्न स्वीकृति प्राप्त गरेको थियो । तत्कालिन बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने बीमकको ईजाजतपत्र मिति २०७४ साउन १८ मा प्राप्त गरी मिति २०७४ भाद्र १६ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आईरहेको छ ।

कम्पनीको पुँजी

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

प्रमुख कार्यकारी अधिकृत

कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नारायणबाबु लोहनी हुनुहुन्छ। वित्तीय क्षेत्रमा विगत दुई दशकदेखि नेतृत्वदाही भूमिकामारहनु भएका लोहनी सिभिल इन्जिनियरिङ पास गरेपछि बिजनेश एडमिनिस्ट्रेशनमा मास्टर डिग्री हासिल गर्नुभएको थियो। लोहनी राष्ट्रिय स्तरको विकास बैंकको सीईओ हुँदै बीमा कम्पनीको सीईओको भूमिकामा आउनु भएको छ। अहिले दोस्रो कार्यकालको जिम्मेवारी समालिरहनु भएको छ ।

तेस्रो त्रैमाससम्मको वित्तिय अबस्था

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३५.६४ प्रतिशत बढेर २८ करोड ५७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ३०.४९ प्रतिशत बढेर १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र जीवन बीमा कोष ४८.२३ प्रतिशत बढेर ६ अर्ब २० करोड २७ लाख रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष ७८/७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँ ४६ पैसा रहेको छ भने किताबी मूल्य १६२ रुपैयाँ २९ पैसा छ । आ.व. ७९/८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.६१ रुपैयाँ रहेको छ । किताबी मूल्य १५३ रुपैयाँ रहेको छ ।

हाल कम्पनीले ८२ वटा शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?