National life

रुसी राष्ट्रपति पुटिन शान्तिका लागि तयार नहुन्जेलसम्म आर्थिक दबाव जारी राखिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ जेठ २०८२, शनिबार
609Shares
रुसी राष्ट्रपति पुटिन शान्तिका लागि तयार नहुन्जेलसम्म आर्थिक दबाव जारी राखिने
ncell

तिराना । युरोपेली संघ (ईयू) का अध्यक्ष उर्सुला भन डर लायनले आफ्ना धारणा व्यक्त गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिका लागि तयार नहुन्जेलसम्म आवश्यक कूटनीतिक र आर्थिक दबाव जारी राखिने बताएका छन् । उनले मस्को विरुद्ध १८औं प्रतिबन्ध प्याकेजको तयारी सुरु भइसकेको जानकारी दिए ।

“हामी सबै शान्ति चाहन्छौं र शान्तिको मार्गतर्फ अघि बढ्न हामीले आवश्यक पहल गर्नुपर्छ । जबसम्म राष्ट्रपति पुटिन शान्तिका लागि तयार हुनुहुन्न, तबसम्म दबाव कायम राख्न जरुरी छ,” अध्यक्ष भन डर लायनले तिरानामा आयोजित युरोपेली नेताहरुको भेला कार्यक्रममा पत्रकारहरुसँग भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युरोपेली संघले यस साता १७ औं प्रतिबन्ध प्याकेज पारित गरिसकेको छ, जसअन्तर्गत रुसद्वारा प्रयोग गरिँदै आएका करिब २०० तेल ट्यांकरहरुलाई प्रतिबन्धको सूचीमा राखिएको छ ।

अध्यक्ष भन डर लायनका अनुसार नयाँ प्रतिबन्धले विशेष गरी बाल्टिक समुद्रस्थित नर्ड स्ट्रिम १ र २ ग्यास पाइपलाइनहरुलाई लक्षित गर्नेछ, जसको उद्देश्य ती परियोजनाहरु पुनः सञ्चालनमा ल्याउने सम्भावनालाई रोक्नु हो ।

प्रवक्ता पाउला पिन्होले भने,“नर्ड स्ट्रिम १ मर्मत गर्न सकिने सम्भावना छ र नर्ड स्ट्रिम २ सैद्धान्तिक रुपमा अनुमति पाउन सक्छ । त्यसैले भविष्यमा लगानीकर्ताहरुले कुनै चासो नदेखाओस् भन्ने उद्देश्यले अग्रीम रुपमा कदम चालिएको हो ।” एएफपी

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?