National life

रेशम चौधरीले दायर गरेको रिटमा आज हुने भनिएको सुनुवाइ अन्योलमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ वैशाख २०८१, आइतबार
577Shares
रेशम चौधरीले दायर गरेको रिटमा आज हुने भनिएको सुनुवाइ अन्योलमा 
ncell

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र अध्यक्ष रन्जिता श्रेष्ठलाई विपक्षी बनाएर दायर गरेको रिटमा आज आइतबारका दिन पेशी तोकिएको छ।

कैलाली जिल्ला अदालतमा दायर रिटमा तीन पटकसम्म पेशी चढे पनि यस अगाडि एक पटक मात्रै बहस भएको थियो । सोही रिटमा आज पेशी ताकिएको भए पनि पनि सुनुवाइ हुने नहुनेमा निश्चित हुन सकिरहेको छैन । पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले आजसम्म वैधानिकता दिएको छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने’ आयोगको निर्णय  थियो ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरीले आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भनि रिट दायर गरेका थिए । रेशम चौधरी पक्षले चैत २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेको थियो । तर, रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन् ।

रेशम पक्षीय उक्त बैठकले ७ दिनभित्र १९५ जनाको नामावली बुझाउने र ३५ दिनभित्र १९५ जनाको नामावली निर्वाचन आयोगमा अद्यावधिक गर्न लगाउने निर्णय गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?