National life

लक्ष्मी सनराइज बैंकको खुद नाफा ४०.९७ % ले बढ्यो ,अधिकाश सूचकमा गर्यो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
1.3kShares
लक्ष्मी सनराइज बैंकको खुद नाफा ४०.९७  % ले बढ्यो ,अधिकाश सूचकमा गर्यो प्रगति
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकले यस अवधिमा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ त्यस्तै सञ्चालन नाफा भने ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५ लाख रहेको छ। बैंकको लाभांश क्षमता १२.३४ प्रतिशत रहेको देखिन्छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?