National life

लगातार दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, १२ वटा उपसूचक राताम्मे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ साउन २०८२, बिहिबार
504Shares
लगातार दोस्रो दिन दोहोरो अंकले घट्यो नेप्से, १२ वटा उपसूचक राताम्मे
ncell

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । हिजो बुधबार ४७.९३ अंकले घटेको परिसूचक आज ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा ओर्लिएको हो ।

Royal Enfield
nic asia capital

आज सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घट्यो भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०७ र २.३६ अंकले घटे ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको मात्रै शेयर खरिदबिक्री भए । नेपाल स्टक एक्स्चेन्जले जनाएअनुसार आज ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक १ अर्ब ३३ करोड ८८ लाख १६ हजार ७७० रुपैयाँ बराबरको कारोबार गरेको छ । आज हिमालयन रिइन्स्योरेन्सका ११ लाख ९५ हजार ६२३ कित्ता शेयर किनबेच भएका हुन् ।

आज ५२ वटा कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घट्न पुगेको हो ।

आज वित्त उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?