काठमाडौं । नेपाल पुँजी बजार संघकी अध्यक्ष तथा युवा लगानीकर्ता राधा पोखरेलले नेपालको लगानी सुरक्षित छ भन्ने नभएसम्म विदेशी लगानी नआउँने स्पष्ट पारेकी छिन् । पोखरेलले आर्थिक भ्वाईससँगको कुराकानीमा लगानीकर्ताहरुले धेरै पटक आशावादी हुँदै आएको र छिट्टै आशाले पूर्णता पाउँने विश्वास व्यक्त गरेकी हुन् ।
उनले आर्थिक भ्वाईससँग भनिन्,‛हामीले जति धेरै नेपाल लगानीका लागि सुरक्षित छ भन्ने देखाउँछौ त्यति नै लगानी भित्रीने सम्भावना हुन्छ । अर्थतन्त्रको महत्वपूर्ण सूचकमा पुँजी बजार पनि जोडिन्छ ।
उनले लगानीकर्ताहरुको उत्साहसँगै देशको आर्थिक सूचकले सुधारको गति लिने कुरा पनि सरकार लेभवबाटै बुझन् जरुरी रहेको बताएकी छिन् । उनले अबको दिनमा बालि र भाषण भन्दा पनि काम गर्ने मान्छे आवश्यक रहेकोमा जोड दिइन । नेप्से अपग्रेड हुनुपर्ने अवस्था छ भन्दै उनले यस पटकको लगानी सम्मेलनमा शेयर लगानीकर्ताहरु निकै आशावादी रहेको दोर्याएकी छिन् । पछिल्लो समय हेरफेर भएको ब्रोकर कमिशनको विषयमा उनले बजारमा विभिन्न समस्या रहेको र त्यसको समाधानका लागि नयाँ माहोल बनाउँन सबैजना लाग्नु पर्ने बताएकी छिन् । उनले ब्रोकर कसिशन मात्र नभई लगानीकर्ताहरुले आफ्नो सम्पत्ती धितो राखेर लोन लिन पाउँने अवस्था सिर्जना गर्नु पर्ने बताइन ।
त्यस्तै, अर्थमन्त्रीलाई आफूहरुले बुँदागत रुपमा नै सबै कुराहरु दिइसकेको अवस्था छ रहेकाले त्यसमा उहाँहरुले आँखामा छारो हाल्ने किसिमले भन्दा पनि साच्चै देखिने किसिमले काम गर्न आवश्यक रहेको बताईन । मुख्य कुरा भनेको शेयर लगानीकर्ताहरुले गरेको लागानीले देशको अर्थतन्त्रमा खेलेको भुमिका बारे सम्बन्धित सबैले चासो राख्नु पर्ने उनको भनाई छ । पोखरेलले शेयर लगानीकर्तालाई लगाइएको विभिन्न क्षेत्रका अनावश्यक क्याप, बाउण्ड्रीहरु हटाएर शेयर बजारलाई परिपक्व बनाउँन आवश्यक रहेको विचार व्यक्त गरिन् ।

































