National life

पुँजी बजारको बढोत्तरीको विकल्प: नीतिगत सुधार कि नयाँ स्टकको आवश्यकता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
1.1kShares
पुँजी बजारको बढोत्तरीको विकल्प: नीतिगत सुधार कि नयाँ स्टकको आवश्यकता ?
ncell

काठमाडौँ शेयर बजारमा सुधार आए पनि फराकिलो ढङ्गले गति बढ्न सकेको छैन। अस्थिर बजारका कारण एक दिन सामान्य बढेको बजार अर्को दिन फराकिलो अंकले घटिरहेको छ।

उतारचढावको बिच अगाडि बढेको शेयर बजार किन अन्योलमा परेको छ ? शेयर बजारको गति वृद्धि गर्ने आधार लगानीको माग बढाउने कि नेप्सेको विकल्प नै खोज्ने ? भन्ने विषयमा आर्थिक भ्वाइसले अनुभवी लगानीकर्ता तथा नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार र नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेललाई सोधेका छौ । प्रस्तुत छ उनीहरूको धारणाको सम्पादित अंश

छोटेलाल रौनियार

अहिले मुख्य गरी आम लगानीकर्ताहरूको मास साइकोलोजी कमजोर र नकारात्मक बाट माथि उठेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो बिचको समयमा सेबोन, नेप्से, राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले नै बजारका लागि सकारात्मक काम गर्न नसकेकै कारण लगानीकर्ताहरूको मास साईकोलोजी कमजोर भएको भए पनि त्यो अवस्था दूर भएको मैले महशुस गरेको छु।

अहिले रेमिट्यान्समा वृद्धि भएको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको ६ महिनाको विवरण हेर्दा तुलनात्मक रूपमा अर्थतन्त्रका धेरै पक्षहरूमा सुधार आएको देखिएको छ । शेयर बजारमा लगानी बढेको छ । लगानीकर्ता नयाँ नयाँ थपिएका छन् । बजारमा नयाँ र ठुलो लगानीकर्ताको आगमन भएको छ यो सबै पक्षले शेयर बजारलाई थप सुन्दर रूपमा अगाडि लैजान्छ भन्ने मेरो विश्वास हो ।

समग्र रूपमा अहिलेको अवस्थामा बजार सन्तुलनमा छ । यो बिचमा मात्रै १ सय चानचुन बजार बढेको छ । मैले यहाँसँग पहिले पनि भनेको छु कि एकै पटक बढेको बजारले क्षति पनि उत्तिकै पार्छ भनेर तर क्रमिक रूपमा बढेको बजारले दीर्घकालीन सहयोग गर्छ । बजारमा घटबढ आउनु सुन्दर पक्ष हो तर नियमित रूपमा सानै लयमा पनि बगिरह्यो भने त्यसले एउटा गन्तव्यमा पुर्याउछ भन्ने मेरो बुझाई हो ।

बजारमा उत्साह थपिँदै गएको देखिएको छ । हाल सबै बैंकहरु रिकभरीमा केन्द्रित भएको देखिन्छ । बैंकबाट हुने कर्जा प्रवाहमा वृद्धि भएको छ । व्याजरेट घटेको छ । तरलता बढी नै भए पनि गभर्नरको बहिर्गमनको चर्चा उत्तिकै छ यसले समेत लगानीकर्ताको मनोबल बढ्न सहयोग गर्ने देखिन्छ ।

नयाँ स्टकको चर्चा चलिरहेको समयमा आफ्ना पुराना मागहरू स्मरण गर्दै रौनियारले भने प्रतिस्पर्धा विहीन बजारको गति त्यति विधि उल्लासमय भने हुन सक्दैन । हामीले १२/ १३ वर्षदेखि नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ भनेर भनिरहेका छौं। अहिले भइरहेको नेप्सेमा सुपारी खाएर, घाम तापेर दिन बिताउने खालको भएको छ। अहिलेको नेप्सेले राम्रो काम गरेको छैन ।

नयाँ तरिकाले स्ट्यान्डर्ड एक्सचेञ्ज भित्र्याउनुको विकल्प देखिदैन् । नयाँ आएपछि प्रतिस्पर्धी पनि हुन्छ। प्रतिस्पर्धा नभएकोले पनि गुणस्तर राम्रो नभएको हो। नयाँ स्टक एक्सचेञ्ज ल्याएपछि पुरानो पनि सुधार हुन्छ। अहिलेकोलाई प्रतिस्पर्धी बनाउन र गुणस्तरीय सेवा दिन नै भए पनि नयाँ स्टक आवश्यक छ ।

हाल कायम रहेको नेप्सेले अब उछाल नै ल्याउला भन्ने अपेक्षा निकै कम देखिएको छ । नयाँ स्टकको चर्चा चुलिएको समयमा शेयर बजारको बढोत्तरी समेत रस लाग्दो छ । नयाँ ल्याउँदा पुरानो रित्तिने भन्ने होइन । हामीसँग भएको नेप्सेको समेत गति बढाउन र बजारलाई प्रतिस्पर्धामा लैजानका निमित्त पनि नयाँ स्टकबारे सरकारले यथाशीघ्र काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

राधा पोखरेल

हुन त बजारको बढोत्तरीको विकल्प भनेको नयाँ स्टक मात्रै त हैन । तर नयाँ स्टक आवश्यकता चाही जरुर हो । हामीले यस विषयमा लामो समयदेखि बोल्दै आएका छौ । तर यो सानो मुलुक हो , सानो ठाउँमा बजार पनि सानै छ किन दुई वटा भन्ने प्रश्न बारम्बार उठेको छ । हाल हामीसँग भएको स्टकको गुणस्तर राम्रो छैन । हरेक पटकको बजेटमा गुणस्तर सुधार गरिन्छ भन्ने कपी पेस्ट वाक्यको निरन्तरता बाहेक केही हुन सकेको छैन ।

जबसम्म प्रतिस्पर्धा हुँदैन तबसम्म बढोत्तरी पनि हुँदैन बरु मनोमानी हुन्छ भन्ने हाम्रो बुझाई हो ।

एउटा समय थियो रुखको हाँगामा बसेर वा माथि डाँडामा बसेर नेटवर्क खोज्नुपर्थ्यो तर एनसेलको आगमनले डाँडा गाउँघर सम्म नेटवर्क बिस्तार गर्‍यो जसको कारण नेपाल टेलिकमको एकलौटी र मनपरी गर्ने परिपाटी नै तोडियो र जहाँ एनसेल पुग्यो त्यहाँ एनटिसी पनि पुग्न बाध्य भएको छ । यसकारण पनि नयाँले सक्काउने मात्रै हैन थप मजबुत बनाएर अगाडि लैजाने पनि हो भन्ने कुरा हामीले ख्याल गर्न आवश्यक छ ।

नयाँ स्टक नल्याउँदै विवादित पनि भएको छ । त्यसको नकारात्मक पक्षको मात्रै चर्चा गरिएको छ । हामीले नयाँ र परिवर्तनका लागि आवश्यकता देखाएको हो तर यहाँ राम्रोको भन्दा नराम्रोको चर्चा भइरहेको छ ।

मैले अघि पनि भने कि बजार बढोत्तरीको विकल्प नयाँ स्टक मात्रै हुन चाहिँ सक्दैन । बजारलाई दीर्घकालीन रूपमा अगाडि बढाउनका लागि गर्नुपर्ने नीतिगत कामहरू निकै धेरै छन् , मुख्यतया पोलेसिको कुरा हो । राष्ट्रबैंकको हस्तक्षेपमा रहेको बजारले गति लिनको लागी यसको नीतिगत संरचनामा फेरबदल गर्न आवश्यक छ । मौद्रिक नीतिको समीक्षा आउनु भन्दा महिना दिन अगाडिबाट लगानीकर्ता त्रासमा बस्नुपर्ने अवस्था छ । बजारको समस्या र समस्याको समाधानका निमित्त स्टक एक्सचेन्ज मात्रै पर्याप्त होइन । गर्नुपर्ने धेरै काम छन् । मुख्य कुरा त राष्ट्रबैंकले नियमनको बहानामा नियन्त्रण गर्ने काम बन्द हुनुपर्छ।

अर्को भनेको राजनीतिक त्रास पनि हो । यसले आम लगानीकर्ताको मनोबलसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । बजारमा अनेकौँ त्रास र होहल्लाका कारण आम लगानीकर्तामा अन्यौलता पैदा हुने काम गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको क्रेजले हजार अंकले बढेको नै हो तर त्यसलाई दीर्घकालीन रूपमा अगाडि लैजानका लागि सरकारले काम गर्न सकेन । बजारको सुधारका निमित्त सिस्टममा सुधार आउन जरुरी छ भन्ने मेरो धारणा हो ।

हाल लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामै भएको देखेको छु । नयाँ एकथरी लगानीकर्ताहरू किनेर बसेका छन् बढ्छ र बेचूला भनेर भने अर्काथरी छन् जसले बेचेर बसेका छन् र बजार अझै घटोस् भनेर कामना गरिरहेका छन् । बजार भनेको त एउटाले कमाउने भनेकै अर्कोले गुमाउने हो । बजारमा लागिपर्नेहरू कहिल्यै हार खाँदैनन् । बजारमा सत्य कम भ्रम ज्यादा छर्ने हरूको कारण लगानीकर्ताहरू फसेको अवस्था पनि छ । कतिले राष्ट्रबैंकको गभर्नर अधिकारीको बहिर्गमन कुरेका पनि छन्। बजारमा प्रवेश गर्ने समय भनेको बढेको बेला होइन घटेकै बेला हो तर बजारको विषयमा पर्याप्त ज्ञान नभएकै कारणपनि लगानीकर्ता फस्ने गरेको प्रशस्त उदाहरणहरू देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?