National life

आश्वासनको भरमा बजार चल्दैन, प्रतिबद्धताले चल्छ पुँजीबजार : रौनियार

५–६ खर्ब गुमेपछि लगानीकर्ता निराश, सुधार कहाँ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
12.7kShares
आश्वासनको भरमा बजार चल्दैन, प्रतिबद्धताले चल्छ पुँजीबजार : रौनियार
ncell

काठमाडौं । सेयर बजार विश्लेषक छोटेलाल रौनियारले सरकारको नीतिगत अस्पष्टता र आश्वासनमै सीमित दृष्टिकोणका कारण पुँजीबजार समस्यामा परेको बताएका छन्। उनले तत्काल ठोस सुधारका कदम नचालिएसम्म बजारमा स्थायित्व आउन नसक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र साहले लगानीकर्ताहरूसँग छलफल गरेपछि नेप्से परिसूचकमा केही सुधार देखिए पनि त्यो दीर्घकालीन हुन नसकेको रौनियारको भनाइ छ। “एक–दुई दिन बजार बढ्न सक्छ, तर आश्वासनले मात्र पुँजी बजार चल्दैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताले खोज्ने कुरा प्रतिबद्धता हो,” आर्थिक भ्वाइससँग कुरा गर्दै उनले भने।

उनका अनुसार विगत पाँच वर्षदेखि समस्यामा रहेको सेयर बजारमा लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्दै आएका छन्। यस्तो अवस्थामा क्यापिटल गेन कर वृद्धि गर्नु गलत निर्णय भएको उनको टिप्पणी छ। “कर बढाइएपछि लगानीकर्ता निराश भए र बजार झन् घट्न थाल्यो। बजार घट्दा ५–६ खर्ब रुपैयाँ बराबरको सम्पत्ति फेरि गुम्यो,” उनले उल्लेख गरे।

रौनियारले सरकारले चार महिना बितिसक्दा पनि पुँजीबजार सुधारका ठोस कदम चाल्न नसकेको आरोप लगाए। बैंकिङ प्रणालीमा १३–१४ खर्ब रुपैयाँ तरलता भए पनि उद्योगधन्दा विस्तार हुन नसकेको र यसले समग्र अर्थतन्त्रलाई असर गरेको उनको भनाइ छ। “सरकारको नीति प्रभावकारी भएको भए उद्योगधन्दा फस्टाउँथ्यो र पुँजी बजार पनि बलियो हुन्थ्यो,” उनले भने।

उनले वित्तीय संस्थालाई सेयर किनबेचमा समयसीमा नलगाई पूर्ण रूपमा खुला गर्नुपर्ने माग पनि गरेका छन्। “बजारलाई स्वतन्त्र रूपमा चल्न दिइयो भने तरलताको समस्या कम हुन्छ र लगानीकर्ताले लाभांश पनि राम्रो पाउँछन्,” उनले बताए।

रौनियारले सेयर कारोबारमा लाग्ने कमिशन प्रणालीप्रति पनि असन्तुष्टि जनाएका छन्। एउटै कम्पनीको सेयर पटक–पटक किनबेच गर्दा छुट्टाछुट्टै कमिशन लाग्ने व्यवस्थाले लगानीकर्तालाई अनावश्यक भार परेको उनको तर्क छ। “एकैपटक कुल सेयरमा मात्रै कमिशन लाग्नुपर्ने हो, अहिलेको व्यवस्था लगानीकर्तालाई चुस्ने खालको छ,” उनले भने।

त्यसैगरी, बोनस सेयर वितरणमा हुने ढिलाइप्रति पनि उनले प्रश्न उठाएका छन्। प्रविधिको युगमा बोनस वितरण एक वर्षसम्म ढिला हुनु अव्यावहारिक भएको उनको धारणा छ। “चार महिनाभित्रै बोनस सेयर लगानीकर्ताको खातामा आउने व्यवस्था गर्न सकिन्छ,” उनले भने।

रौनियारका अनुसार क्यापिटल गेन कर पुनरावलोकन, वित्तीय संस्थालाई खुला रूपमा कारोबार गर्न दिने, कमिशन प्रणाली सुधार गर्ने र बोनस वितरण छिटो गर्ने जस्ता चारवटा मुख्य सुधार लागू गरिएमा पुँजी बजार तत्काल सुधारको बाटोमा जानेछ। “यी कदम चालियो भने भोलिदेखि नै बजार सकारात्मक दिशामा अघि बढ्न सक्छ,” उनले निष्कर्ष दिए।

सुधारका लागि गर्नैपर्ने कामहरूः

१. अर्थमन्त्रीले बढाएको क्यापिटल गेन कर तत्काल फिर्ता लिनुपर्छ। लगानीकर्तालाई सहुलियत दिन केही समयका लागि १ प्रतिशतसम्म घटाइएको भए कारोबार बढेर राजस्वसमेत वृद्धि हुन सक्थ्यो।

२. बैंक तथा वित्तीय संस्थालाई निर्विवाद रूपमा सेयर किनबेच गर्न खुला गर्नुपर्छ। यसले तरलता सहज भई लगानीकर्ताले लाभांशबाट पनि फाइदा लिन सक्नेछन्।

३. सेयर कारोबारमा लाग्ने कमिशन प्रणाली सुधार गर्न आवश्यक छ। एउटै कम्पनीको सेयर पटक–पटक किनबेच गर्दा छुट्टाछुट्टै कमिशन लाग्ने व्यवस्था हटाई कुल सेयरमा मात्र एकमुष्ट कमिशन लगाउने व्यवस्था हुनुपर्छ। हालको प्रणालीले लगानीकर्तामाथि अनावश्यक भार परेको छ।

४. बोनस सेयर वितरण प्रक्रिया छिटो बनाउनुपर्छ। अहिले एक वर्षसम्म लाग्ने प्रणालीलाई प्रविधिको प्रयोगमार्फत अधिकतम चार महिनाभित्रै सम्पन्न हुने बनाउनु आवश्यक छ।

यी सुधारहरू कार्यान्वयन भएमा पुँजीबजारमा तत्काल सकारात्मक प्रभाव देखिने विश्वास गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
12.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?