National life

नयाँ नियम लागु भएकै दिन नेप्सेमा गिरावट, यस्तो छ विज्ञको प्रतिक्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
2.3kShares
नयाँ नियम लागु भएकै दिन नेप्सेमा गिरावट, यस्तो छ विज्ञको प्रतिक्रिया
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सोमबारदेखि नयाँ नियम लागु भयो। हालै ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनअनुसार आजदेखि सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने नियम लागु भएको हो। यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो ।

हालै लागू गरेको नयाँ सर्किट ब्रेकर लगायतका नियमपछि बजारमा आज देखिएको गिरावटलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेको छ।  

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार नेप्से परिसूचक १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा पुगेको हो। कतिपयले त एक दिनको कारोबारकै रिपोर्टका आधारमा बिनातयारी स्वार्थ समूहको इशारामा जथाभावी नियम परिवर्तन गरिएकोले बजारमा असर परेको आरोप समेत लगाएका छन् ।

हाल विभिन्न कोणबाट बजारको विश्लेषण भइरहेको सन्दर्भमा आर्थिक भ्वाइसले लगानीकर्ता छोटेलाल रौनियारसँग कुराकानी गरेको छ।

आर्थिक भ्वाइसको कुराकानीमा रौनियारले नयाँ नियमलाई पूर्ण रूपमा नकारात्मक वा सकारात्मक भनेर तुरुन्तै मूल्यांकन गर्न नहुने बताए। उनका अनुसार बजारमा भएको हालको गिरावटलाई केवल नियम परिवर्तनसँग मात्र जोडेर हेर्नु उचित हुँदैन।

उनले भने, “नियम परिवर्तन राम्रै उद्देश्यले गरिएको हो। एउटै स्टक लामो समयसम्म सर्किट लागेर बस्ने अवस्था हटाउन खोजिएको हो। तर यसको प्रभाव तुरुन्तै कस्तो हुन्छ भन्ने निष्कर्ष निकाल्न एक–दुई दिनको कारोबार पर्याप्त हुँदैन।”

रौनियारका अनुसार आजको बजार गिरावटलाई केवल नयाँ नियमसँग जोडेर हेर्नु गलत हो। उनले बजारमा विभिन्न बाह्य र मनोवैज्ञानिक कारणहरूको प्रभाव पनि रहेको बताए।

“आज बजार घट्नुमा नियमले ल्याएको कुनै अनिश्चतता होइन। विभिन्न नकारात्मक समाचार, राजनीतिक तथा नियामक गतिविधि र लगानीकर्ताको मनोविज्ञानले पनि असर गरेको छ। गृहमन्त्रीसँग सम्बन्धीत समाचारका कारणले पनि बजार घटेको हुन सक्छ ।” उनले भने।

उनले बजारमा हाल देखिएको ‘पर्ख र हेर’ प्रवृत्तिले पनि कारोबार घटाएको उल्लेख गरे। लगानीकर्ता रौनियारका अनुसार बजारमा आउने समाचारहरूले लगानीकर्ताको मनोविज्ञानमा ठूलो प्रभाव पार्ने गर्छ।

उनले केही सञ्चारमाध्यमले नियम परिवर्तनलाई अत्यधिक नकारात्मक रूपमा प्रस्तुत गरेकोले गर्दा अनावश्यक डर सिर्जना भएको पनि बताए।

रौनियारले नयाँ नियमको प्रभाव बुझ्न समय लाग्ने बताउँदै तत्काल सकारात्मक वा नकारात्मक निष्कर्ष निकाल्नु हतार हुने धारणा राखे।

“हामीले इम्पल्सिभ निर्णय गर्नु हुँदैन। बजारको प्रतिक्रिया केही समयपछि मात्र स्पष्ट हुन्छ।” उनले भने ।

नेप्सेमा लागू गरिएको नयाँ सर्किट ब्रेकर नियमपछि देखिएको बजार गिरावटलाई केवल नियम परिवर्तनको परिणामका रूपमा मात्र हेर्नु उपयुक्त नहुने देखिन्छ।

नयाँ व्यवस्था दीर्घकालीन रूपमा बजारलाई स्थिर र व्यवस्थित बनाउन ल्याइएको भए पनि यसको वास्तविक प्रभाव मूल्यांकन गर्न पर्याप्त समय आवश्यक रहेको विज्ञको धारणा छ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?