काठमाडौँ । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ । अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन ग्याटविक विमानस्थलका लागि उडान भरेको एयर इन्डियाको भीटी-एएनबी रजिष्ट्रेसन नम्बर भएको जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जहाज दुर्घटनामा पर्नुअघि १७४ नटको गतिमा ६२५ फिट माथि उडिरहेको थियो । आकाशमा पुगेर अकस्मात स्टल (अड्किएको) भएको उक्त जहाज त्यसपछि भुइँतिर खसेको थियो ।

नागरिक उड्डयन महानिर्देशालयका अनुसार उक्त विमानमा जम्मा २४२ जना सवार थिए । तीमध्ये २३० जना यात्रु, २ जना पाइलट र १० जना क्याबिन क्रु सदस्यहरू रहेको जनाइएको छ ।
जहाज स्थानीय समय अनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा उडेको थियो । उक्त जहाज बोइङको ७८७ ड्रिमलाइनर मोडलको जहाज हो ।


































