National life

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
605Shares
ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
ncell

काठमाडौं । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको हाे ।

ललिता निवास प्रकरणमा मुछिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संगठित अपराधमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उक्त प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिईसकेको छ ।

बालुवाटारस्थित ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चारवटा मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?