काठमाडौँ। सोल्टी होटेल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटेलले सभा आह्वान गरेको हो ।
होटेलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटेलले पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले होटेलको साधारण सभामा सहभागिता जनाउन तथा होटेलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटेलले पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले होटेलको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

































