काठमाडौँ। आज हिमालयन लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारण सभा बस्दै छ। कम्पनीको सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा बिहान १०ः ३० बजे बस्ने भएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०र८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखा परीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ।
सभाले यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नेछ। सभाले सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०८/८२ को लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ९हालको लेखापरीक्षक एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ २८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
































