National life

लामखुट्टे भगाउन अण्डा राख्ने क्यारेट सल्काउँदा दमकको लाइफलाइन अस्पतालमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ चैत २०८०, बुधबार
669Shares
लामखुट्टे भगाउन अण्डा राख्ने क्यारेट सल्काउँदा दमकको लाइफलाइन अस्पतालमा आगलागी
ncell

काठमाडौं । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ ।

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलिंदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् ।

अस्पतालका अध्यक्ष डा।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन कामनलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीयले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?