National life

लामीछानेमाथी तानाशाही तवरबाट गरिएको व्यवहार खेदजनक छ: कांग्रेस नेता शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ मंसिर २०८१, मङ्गलबार
1.2kShares
लामीछानेमाथी तानाशाही तवरबाट गरिएको व्यवहार खेदजनक छ: कांग्रेस नेता शर्मा
ncell

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माले रास्वपाका सभापति रवि लामिछानेमाथि भएको धरपकडको विरोध गरेका छन् ।

कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुव्र्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक भएको शर्माले आफ्नो सामाजीक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भत्र्सना गर्दछ’, उनको भनाइ छ ।

न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सबैले सम्मान गर्नुपर्नेमा नाटकीय ढंगबाट प्रहरी हिरासतको शृङ्खलाले सबैलाई सशङ्कित पारेको पनि उनले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै उनले नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेमाथि व्यवहार भइरहेको पनि बताएका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि रविमाथि भएको व्यवहारको विरोध गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?