National life

लिपुलेक–कालापानी व्यापार सम्झौता अस्वीकार्य : कांग्रेस महामन्त्री गगन थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ भदौ २०८२, बिहिबार
1.1kShares
लिपुलेक–कालापानी व्यापार सम्झौता अस्वीकार्य : कांग्रेस महामन्त्री गगन थापा
ncell

काठमाडौं । नेपाली कांग्रेसले भारत र चीनबीच लिपुलेक र कालापानी क्षेत्र समेटेर व्यापार गर्ने सहमति अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले भारत र चीनबीच भएको भनिएको सहमति नेपालको भूमि मिच्ने खालको भएको भन्दै आपत्ति जनाए।

‘भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य छ,’ उनले भने।

थापाले नेपालको भूमि समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए।

Royal Enfield
nic asia capital

‘यसबारे नेपालका दलहरू एकढिक्का हुनुपर्छ, यसलाई घरेलु राजनीतिक मुद्दा बनाउनु हुँदैन,’ उनले भने, ‘नेपालको भूमिमाथि आँखा लगाउने विषयप्रति हामी सबै मिलेर अस्वीकार गर्न सक्नुपर्छ।’

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?