National life

लिपुलेक व्यापार सहमतिमा माओवादी केन्द्रको आपत्ति, संसद्मा सरकारसँग जवाफ माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ भदौ २०८२, बिहिबार
1.1kShares
लिपुलेक व्यापार सहमतिमा माओवादी केन्द्रको आपत्ति, संसद्मा सरकारसँग जवाफ माग
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रले लिपुलेक पासमार्फत भारत र चीनबीच भएको व्यापार सहमतिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाली भूमि लिपुलेकबाट भारत र चीनले द्विपक्षीय व्यापार खोल्ने सहमति गरेको विषयमा सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेका हुन् ।

सभामुखमार्फत ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले भने, “आज नेपाल आमालाई दुख लागेको छ । चीन र भारतले नेपाललाई जानकारी नदिई लिपुलेक पासमार्फत व्यापार खोल्ने सहमति गरेको खबरले हाम्रो दल गम्भीर रूपमा चिन्तित भएको छ ।”

Royal Enfield
nic asia capital

उनले नेपालको संविधानमा उल्लेख गरिएका लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भूभागमा कुनै पनि सहमति हुनु अघि नेपाललाई जानकारी गराइनु पर्नेमा जोड दिए । विगतमा पनि माओवादी केन्द्रले यस्ता गतिविधिहरू नेपालको राष्ट्रिय सार्वभौमिकता र अखण्डताविरुद्ध रहेको भन्दै विरोध जनाउँदै आएको उनले स्मरण गराए ।

सरकारलाई कूटनीतिक तहमा कडा पहल गर्न सुझाव दिँदै सांसद पाण्डेले राष्ट्रिय हित, सार्वभौमिकता र अखण्डताको रक्षामा सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । उनले सरकारसँग छिमेकी मित्र राष्ट्रहरूसँग आवश्यक प्रभावकारी कूटनीतिक कदम चाल्न अपिल गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?