National life

वाणिज्य बैंकको निक्षेप संकलनमा साढे १० % ले वृद्धि, कुनको कति बढ्यो कति घट्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
767Shares
वाणिज्य बैंकको निक्षेप संकलनमा साढे १० % ले वृद्धि, कुनको कति बढ्यो कति घट्यो ?
ncell

काठमाडौँ। वाणिज्य बैंकहरुमा निक्षेप संकलन साढे १० प्रतिशतले वृद्धि भएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याकं अनुसार यस्तो देखिएको हो ।

प्रस्तुत तथ्यांक अनुसार गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ५ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ बढेर ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।

एनआइसीको निक्षेप गत वर्षको पुस तुलनामा १७.७० प्रतिशत घटेर ३ खर्ब १३ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एनआइसी एशिया बाहेक अन्य बैंकहरुको निक्षेपमा वृद्धि भएको छ ।

यता, निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक अगाडी देखिएको छ। बैंकको निक्षेप संकलन ३२.५८ प्रतिशत वृद्धि भई ४ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ। साथै, नेपाल बैंकको पनि १९.०९ प्रतिशत वृद्धि भई ३ अर्ब ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।

रकमको आधारमा सबैभन्दा धेरै निक्षेप संकलन गरेको ग्लोबल आइएमई बैंकले ५ खर्ब ३४ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । गत आवको पुसको तुलनामा भने यो १३.८८ प्रतिशत हो ।

साथै, समिक्षा अवधिमा सिटिजन बैंकको निक्षेप १७.७४ प्रतिशत, एभरेष्टको १७.५७, सानिमाको १३.४९, प्राइमको १२.७६ प्रतिशत, नेपाल एसबिआईको १२.०९ प्रतिशत, सिद्धार्थको १०.२१ प्रतिशत, कुमारीको ९.९०, कृषि विकासको ९.६०, लक्ष्मी सनराइजको ९.०४, प्रभूको ७.९७, माछापुच्छ्रेको ६.५० र एनएमबिको ६.३२ प्रतिशत वृद्धि भएको छ ।

                                                                                           (रकम करोडमा)

कुन बैंकको निक्षेपमा कति घटबढ भयो ?

निक्षेप संकलनसँगै बैंकहरुको कर्जा लगानीमा वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको कर्जा विस्तार ७.०६ प्रतिशत बढेर ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकहरुले ४४ खर्ब ९८ अर्ब १० करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका थिए ।

त्यस्तै, समीक्षा अवधिमा एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, प्रभू र हिमालयन बैंकको कर्जा लगानी घटेको देखिन्छ। यी बैंकहरुको यस्तो लगानी क्रमशः १३.७२, ३.७५, ३.३२ र १.०३ प्रतिशत घटेको छ । कर्जा लगानी विस्तारमा एभरेष्ट बैंक पहिलो नम्बरमा छ । बैंकको कर्जा प्रवाह २२.९२ प्रतिशत बढेर २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।

दोस्रो सूचीमा रहेको नेपाल बैंकको पनि १७.१४ प्रतिशत बढेर २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ। रकमको आधारमा भने ग्लोबल आइएमई पहिलो सूचीमा छ। बैंकले ४ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ।

                                                                                          (रकम करोडमा)

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?