National life

वाणिज्य बैंकहरुको औसत खराब कर्जा घट्यो, ९ वटा बैंकको खराब कर्जा ५% माथि

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१५ माघ २०८२, बिहिबार
974Shares
वाणिज्य बैंकहरुको औसत खराब कर्जा घट्यो, ९ वटा बैंकको खराब कर्जा ५% माथि
ncell

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५.०८ प्रतिशत पुगेको छ। यस अवधिमा सबैभन्दा बढी खराब कर्जा प्रभु बैंकमा देखिएको छ, जहाँ एनपीएल ७.९४ प्रतिशत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको छ, जसको एनपीएल मात्र ०.६८ प्रतिशत छ।

९ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ भने बाँकी ११ वटा बैंकको एनपीएल ५ प्रतिशतभन्दा कम रहेको छ। बैंकहरूको विवरण हेर्दा माछापुच्छ्रे बैंकको एनपीएल ४.२५ प्रतिशत, सानिमा बैंक ३.६३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक १.८८ प्रतिशत, कृषि विकास बैंक ४.६५ प्रतिशत, कुमारी बैंक ६.९२ प्रतिशत, लक्ष्मी सनराइज बैंक ५.५ प्रतिशत, एनएमबी बैंक ४.५६ प्रतिशत र नेपाल एसबीआई बैंक २.६४ प्रतिशत रहेको छ।

यस्तै, नबिल बैंकको एनपीएल ४.२५ प्रतिशत, नेपाल बैंक ५.३४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७.९० प्रतिशत, हिमालयन बैंक ७.९६ प्रतिशत, सिटिजन्स बैंक ६.८६ प्रतिशत, एनआईसी एशिया बैंक ७.४७ प्रतिशत, ग्लोबल आइएमई बैंक ४.९१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.३६ प्रतिशत, प्राइम कमर्सियल बैंक ६.३८ प्रतिशत र सिद्धार्थ बैंकको एनपीएल ३.४५ प्रतिशत रहेको देखिएको छ।

NPL अर्थात् Non-Performing Loan बैंकले दिएको ऋण फिर्ता नभएको अवस्था हो।

यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?