National life

वाणिज्य बैंकहरूको कर्जा असुलीमा सकस : गैर-बैंकिङ सम्पत्ति ४३ अर्ब नाघ्यो, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०९ माघ २०८२, शुक्रबार
1.2kShares
वाणिज्य बैंकहरूको कर्जा असुलीमा सकस : गैर-बैंकिङ सम्पत्ति ४३ अर्ब नाघ्यो, कुनको कति ?
ncell

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले ऋण नउठेपछि धितो लिलामीमा राख्दा पनि बिक्री नभएमा ती सम्पत्ति आफैंले सकार्ने व्यवस्था छ। यसरी बैंकले आफ्नो नाममा लिएको जग्गा, भवन वा अन्य सम्पत्तिलाई बैंकिङ कारोबारसँग प्रत्यक्ष सम्बन्ध नहुने भएकाले ‘गैर–बैंकिङ सम्पत्ति’ शीर्षकअन्तर्गत राखिन्छ।

नेपाल राष्ट्र बैंकको नियमनअनुसार ऋण असुलीका क्रममा सकारेका गैर–बैंकिङ सम्पत्ति बैंकहरूले सकेसम्म छिटो बिक्री गरी नगदमा रूपान्तरण गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय वाणिज्य बैंकहरूमा यस्तो सम्पत्तिको परिमाण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्म २० वटा वाणिज्य बैंकमा उक्त बराबरको गैर बैंकिङ सम्पत्ति रहेको हो।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८३ प्रतिशतले बढी हो। गत आवको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँमा सीमित थियो। गैर–बैंकिङ सम्पत्तिमा आएको यो वृद्धिले कर्जा असुलीको चुनौती र धितो व्यवस्थापनको जटिलतालाई पनि संकेत गर्छ।

बैंकगत विवरण हेर्दा, ग्लोबल आईएमई बैंकको गैर–बैंकिङ सम्पत्ति सबैभन्दा धेरै ५ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यसपछि हिमालयन बैंकको ५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ। एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ४ अर्ब २० करोड ८६ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८५ करोड ६५ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, नबिल बैंकको ३ अर्ब ४५ करोड २८ लाख रुपैयाँ, कुमारी बैंकको २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ र कृषि विकास बैंकको १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको छ।

अन्य बैंकहरूमा एनएमबी बैंकको १ अर्ब ७४ करोड ७० लाख रुपैयाँ, प्रभु बैंकको १ अर्ब ७२ करोड ४० लाख रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ, सानिमा बैंकको १ अर्ब १ करोड ३४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ९६ करोड ३८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७७ करोड २० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६० करोड रुपैयाँ, एभरेष्ट बैंकको ५१ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २८ करोड ८७ लाख रुपैयाँ र नेपाल बैंकको २६ करोड ४२ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?