काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूको कुल गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ पुगेको छ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९८ प्रतिशतले बढी हो।
त्यसैगरी हिमालयन बैंकको ६ अर्ब १३ करोड १ लाख, नेपाल एसबीआई बैंकको १ अर्ब २ करोड, एभरेष्ट बैंकको ५१ करोड ६९ लाख, एनआईसी एसिया बैंकको ४ अर्ब ३१ करोड ७४ लाख र माछापुच्छ्रे बैंकको ६० करोड रुपैयाँ गैर–बैंकिङ सम्पत्ति रहेको छ। यसैगरी कुमारी बैंकको २ अर्ब ४९ करोड ४ लाख, लक्ष्मी सनराइज बैंकको २ अर्ब २४ करोड ९० लाख, सिद्धार्थ बैंकको ७७ करोड २० लाख, कृषि विकास बैंकको १ अर्ब ३३ करोड ६८ लाख, ग्लोबल आईएमई बैंकको ५ अर्ब ९९ करोड ८७ लाख, सिटिजन्स बैंकको १ अर्ब २७ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ४ अर्ब ४१ करोड ५४ लाख, एनएमबी बैंकको १ अर्ब ८३ करोड २६ लाख, प्रभु बैंकको १ अर्ब ७५ करोड ५० लाख र सानिमा बैंकको १ अर्ब १ करोड ८४ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ।
तथ्यांकअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको भने समीक्षा अवधिसम्म गैर–बैंकिङ सम्पत्ति शून्य रहेको छ। बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा असुल हुन नसकेपछि धितो लिलामी बिक्री प्रक्रियामा लैजान्छन्। लिलामीमा बिक्री नभएमा बैंकले आफैं धितो सकारेर आफ्नो स्वामित्वमा लिन्छ। यसरी बैंकको स्वामित्वमा आएको जग्गा, भवन वा अन्य सम्पत्तिलाई नै ‘गैर बैंकिङ सम्पत्ति’ शीर्षकमा राखिन्छ।

































