National life

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोबरभन्दा बढीले वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
640Shares
वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोबरभन्दा बढीले वृद्धि
ncell

काठमाडौं । नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोबरभन्दा धेरैले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ४५ रुपैयाँ थियो ।

आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको निगमको आम्दानी आव २०७९/८० भने २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ पुगेको अनुमान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले बढाएको पनि दाबी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगत ८ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्। निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात उपलब्ध भएका जहाज तथा साधनस्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि हुने निगमले जनाएको छ।

हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको निगमले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?