National life

विकास बजेटको आधा भन्दा बढी रकम खर्च भएन, राजस्व संकलनको सुस्तता कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
575Shares
विकास बजेटको आधा भन्दा बढी रकम खर्च भएन, राजस्व संकलनको सुस्तता कायमै
ncell

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को अन्तिम अन्तिम महिना असारको अन्तिम समयमा आउँदा विकास बजेटको आधा भन्दा बढी रकम खर्च हुन सकेको छैन। चालु आर्थिक वर्षको असार महिनासम्ममा पुँजीगत खर्चतर्फ विनियोजन गरिएको तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँमध्ये बिहीबारसम्म एक खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल पुँजीगत बजेटको ४७.१७ प्रतिशत हो।

Royal Enfield
nic asia capital

अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समेत घटेको हो। आर्थिक वर्ष २०८०/८१ मा असार १८ गतेसम्म ४८.५७ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा ६३.४७ प्रतिशत, २०७९/८० मा ६१.४४ प्रतिशत र २०७८/७९ मा ५७.२३ प्रतिशत पुँजीगत बजेट खर्च भएको थियो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार मात्रै दुई अर्ब ६ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ। त्यसअघि बुधवार एक अर्ब ६६ करोड, मङ्गलवार दुई अर्ब ५७ करोड, सोमबार एक अर्ब एक करोड र आइतबार एक अर्ब १९ करोड रुपैयाँ खर्च भएको देखिन्छ।

चालु आर्थिक वर्षको ऋण व्यवस्थापनतर्फको खर्च भने सन्तोषजनक देखिन्छ। यस वर्ष ऋण र ब्याज भुक्तानीका लागि छुट्टाइएको तीन खर्ब ६७ अर्ब रुपैयाँमध्ये तीन खर्ब ११ अर्ब रुपैयाँ अर्थात् करिब ८६ प्रतिशत खर्च भइसकेको छ। त्यस्तै चालू खर्चतर्फ पनि प्रगति तुलनात्मक रूपमा राम्रो देखिन्छ। चालु खर्चतर्फ विनियोजन गरिएको ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँमध्ये करिब ८२ प्रतिशत, अर्थात् नौ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ खर्च भइसकेको छ।

समग्रमा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेटमध्ये करिब ७५ प्रतिशत खर्च भइसकेको छ। आर्थिक वर्षको मध्यावधि समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट करिब दुई खर्ब रुपैयाँ घटाएका थिए।

राजस्व संकलनतर्फ भने सुधार आएको छ । चालु आर्थिक वर्ष सकिन दुई साता पनि बाँकी नरहँदा राजस्व संकलन ७४.६९ प्रतिशतमा सीमित छ। निर्धारित १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व लक्ष्यमध्ये हालसम्म १० खर्ब ६० अर्ब पाँच करोड रुपैयाँ मात्रै संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?