National life

विजय लघुवित्तको नाफामा उल्लेख्य वृद्धि,सबै सुचकमा फड्को मार्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
659Shares
विजय लघुवित्तको नाफामा उल्लेख्य वृद्धि,सबै सुचकमा फड्को मार्यो
ncell

काठमाडौं। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिको तुलनामा ६१.९८ प्रतिशतले धेरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस संस्थाले गत वर्ष ४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुससम्म २७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसैअवधिमा विजयले २० करोड ४४ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो । यसको सञ्चालन नाफापनि ६२.५२ प्रतिशतले बढेर १० करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको यस कम्पनीको जगेडा कोषमा ४६ करोड ३४ लाख रुपैयाँ जम्मा छ । संस्थाको एनपीएल भने ७.९० प्रतिशत विन्दुबाट बढेर ८.३५ प्रतिशत विन्दुमा पुगेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०१ पैसाबाट बढेर यस समिक्षा अवधिमा १८.९१ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ भने १५८.६४ रुपैयाँ पुगेको छ । संस्थाको एनपीएल भने ७.९० प्रतिशत विन्दुबाट बढेर ८.३५ प्रतिशत विन्दुमा पुगेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?