National life

विजय लघुवित्त : लम्सालको राजीनामा स्वीकृत, घिमिरे बने कामु सीईओ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
961Shares
विजय लघुवित्त : लम्सालको राजीनामा स्वीकृत, घिमिरे बने कामु सीईओ
ncell

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले पदबाट राजीनामा दिइएपछि कामु सीईओको जिम्मेवारी सरोज घिमिरेलाई दिइएको छ ।

लम्सालले वैशाख २८ गते पेश गरेको राजीनामा संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो ।

यस्तै, सञ्चालक समितिको सोही बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको दैनिक कार्य सञ्चालन गर्न वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कायम मुकायम (कामु)प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
961SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?