National life

विदेशबाट आउँदा यी सामान नल्याउन त्रिभुवन विमानस्थल भन्सारको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ असोज २०८०, शुक्रबार
789Shares
विदेशबाट आउँदा यी सामान नल्याउन त्रिभुवन विमानस्थल भन्सारको आग्रह
ncell

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एमेर्जेन्सी लाइट, पावर बैंक, आइन, हेयर ड्राइर, मिक्स्चर, ग्रिन्डर र पानी तान्ने मेशिन ल्याउन कडाइ गरेको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै यसबारे जानकारी दिएकाे हाे ।

विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपालीले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमेर्जेन्सी लाइट, पावर बैंक, आइन, हेयर ड्राइर, मिक्स्चर, ग्रिन्डर र पानी तान्ने मेशिन नल्याउन आग्रह गरेको हो ।

कार्यालयले उक्त प्रकारका सामानहरु एक्स–रे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर , फुट्याएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जाँचपास गर्दा सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएकाले विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरु नपठाउनुहुन र नल्याउनुहुन कार्यालयले अुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
789SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?