National life

विदेशमा अलपत्र नेपालीको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
1.9kShares
विदेशमा अलपत्र नेपालीको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा
ncell

काठमाडौं। मध्यपूर्वमा विकसित पछिल्ला घटनाक्रमका बीच त्यहाँ समस्यामा परेका नेपाली नागरिकको विवरण संकलन गर्न तथा आवश्यक सहयोग र उद्धार समन्वयका लागि सरकारले अनलाइन पोर्टल सुरु गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इजरायल, अमेरिका र इरानबीच भएको हवाई आक्रमणपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागले उक्त पोर्टल सञ्चालनमा ल्याएको जनाएको हो। यसमार्फत प्रभावित देशहरूमा रहेका नेपालीको अवस्था बुझ्ने र आवश्यक परे उद्धार प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको छ।

युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कतार र साउदी अरबलगायत मुलुकमा रहेका नेपालीलाई लक्षित गरी विवरण संकलन सुरु गरिएको हो। दिइएको लिंक मार्फत विवरण टिपाउन सकिने छ।

https://legal.nepalconsular.gov.np/urgent-rescue

सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले त्यहाँ रहेका नागरिकलाई सकेसम्म छिटो आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेका छन्।

प्राथमिकतामा, नेपाल फर्कने क्रममा विमानस्थलमा रोकिएका, भिसा अवधि सकिएका वा कम्पनीले भिसा रद्द गरिसकेपछि टिकट काटेर पनि विभिन्न कारणले अलपत्र परेका नेपालीलाई पोर्टलमा आफ्नो व्यक्तिगत जानकारी, सम्पर्क विवरण र वर्तमान अवस्थाबारे जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।

यसरी संकलित सूचनाका आधारमा सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराइने जनाइएको छ। मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण खाडी राष्ट्रहरूमा कार्यरत नेपाली श्रमिक तथा यात्रुमा बढ्दो चिन्तालाई मध्यनजर गर्दै सरकारले व्यवस्थित तथ्यांक संकलन र उद्धार समन्वयको पहल थालेको हो।

साथै, दूतावासहरूले आपतकालीन अवस्थाका नागरिकलाई कुनै अफवाहमा नपरी आधिकारिक माध्यमबाट मात्रै सम्पर्क राख्न अनुरोध गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?