काठमाडौं । नेपाली बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीले आफ्ना जोखिम अस्विकार गर्ने क्रम (रेट अफ रिफ्यूजल) बढेको गुनासो गरेका छन् । कम जोखिम भएका बीमाहरु नेपालमै पुनर्बीमा हुन थालेसँगै विदेशमा बाँकी रहेका रहलपहल बीमा पुग्न थालेको भन्दै विदेशी पुनर्बीमा कम्पनीहरुले जोखिम बहन गर्न आनाकानी गर्न थालेका हुन् ।
ठिक यही बेलामा नेपालको बीमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले भने फरक धारणा दिएको छ । आर्थिक भ्वाईससँग बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले भने,‘नेपालमै पुनर्बीमा गर्नु पर्ने प्रोडक्ट जम्मा १६ प्रतिशत रहेको छ ।
सिलवालले तोकिएको दर भाउँ भन्दा सस्तो दरमा बीमा गराउँन खोज्दा विदेशी रि इन्स्योरेन्स हिच्किचाउँने एउटा कारण हुनसक्ने बताएका छन् । अबको दिनमा अण्डर इन्स्योरेन्सले नेपाली पुनर्बीमा होस् वा विदेशी पुनर्बीमा होस् कसैले पनि बीमा नगर्ने उनको बुझाई छ ।
उनले थपे,‘हाम्रो कानुनले भने बमोजिमको व्यवसाय नेपालमा राखेर, यहाँको डाइरेक्सेसन दिएर अनि बाँकी रहेको रकम बाहिर पठाउँने हो । त्यो पठाउँन, आफ्नो पोर्टफोलियोको सबै बीमा पठाउँन मिल्ने व्यवस्था रहेकाले बीमा कम्पनीहरुले डर्टी बिजनेश मात्रै बाहिर जान्छ भन्नु बेकारको कुरा हो । यस्तो फ्टयाई कुरा, सरासर झुट कुरा चाही कसैले गर्न मिल्दैन । त्यही कम्पनीहरुको अवस्था तपाईले हेर्नु भयो भने उनीरुले दुई प्रतिशत व्यवसाय पनि नेपालमा राख्न रुचाउँदैनन् । त्यस्ता अनावश्यक कुरा गरेर, आफू व्यवसाय गरेर कमिसश खाने अनि मुखले मात्रै घाटा हुने भयो भनेर त भएन नी ।’
बीमा कम्पनीहरु चिन्तित
केही सीईओहरुले भने जलविद्युतको बीमा, भुकम्पिय जोखिमका कारण पूर्वाधारहरुको बीमा जस्ता ठूला जोखिम नेपाल बाहिर जान सकसपूर्ण अवस्था सिर्जना भएको र यसमा नियामक बीमा प्राधिकरणले बेलैमा उचित कदम चाल्नु पर्ने बताएका हुन् ।


































