National life

विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ साउन २०८१, मङ्गलबार
872Shares
विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेश जाने नेपाली नागरिकहरुका लागि विदेशी मुद्राको सटही सम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली नागरिकहरुले एक पटक मात्र सेटलमेन्ट खर्चबापत प्रति व्यक्ति बढीमा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्नसक्ने व्यवस्था गरेको छ ।

राहदानी,आप्रवास भिसा र हवाई टिकटको प्रतिलिपी पेश गरी सम्बन्धित व्यक्तिले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट यस्तो सटही सुविधा लिन सक्छन् ।

यो व्यवस्था अनुसारको सटही सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने र सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी पुनःविदेश फर्किने नेपाली नागरिकहरुलाई भने यस्तो सटही सुविधा उपलब्ध हुँदैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
872SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?