National life

विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि ,१७.२ महिनाको वस्तु आयात धान्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ चैत २०८१, बुधबार
751Shares
विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि ,१७.२ महिनाको वस्तु आयात धान्ने
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनासम्म कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत फागुन मसान्तमा १३।१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले वद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२।२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन्। असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?