National life

विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी, पाँच जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.2kShares
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी, पाँच जना पक्राउ
ncell

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने बहानामा आकर्षक तलबको लोभ देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ।

पीडितहरूलाई विभिन्न देश पठाइदिने भन्दै १४ जनाबाट करिब ५३ लाख रुपैयाँ ठगी गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेहरूमा बागलुङ काठेखोला–३ का सन्दीप थापा मगर, सर्लाही चक्रघट्टा–२ का विजयकुमार यादव, रामेछाप लिखु तामाकोशी–१ का प्रवेश गुरुङ, काठमाडौँ–३ का नीरबहादुर कार्की र चन्द्रागिरी–५ का चिरन्जिवी अधिकारी रहेका छन्।


अनुसन्धान अनुसार सन्दीप थापा मगरले माल्टा पठाइदिने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ लिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नीरबहादुर कार्कीले क्रोएसिया पठाइदिने नाममा ८ जनाबाट २ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।


त्यस्तै विजयकुमार यादवले कतार पठाइदिने भन्दै २ लाख २० हजार, चिरन्जिवी अधिकारीले क्यानडा पठाइदिने भन्दै ३ जनाबाट ३० लाख र प्रवेश गुरुङले मकाउ पठाइदिने भन्दै ५ लाख ५० हजार रुपैयाँ असुलेको खुलेको प्रहरीले जनाएको छ।


रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए। त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।


पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?