National life

विद्युतीय गाडीमा बढाइएको कर घट्दैन, बरु बढ्न सक्छ : अर्थमन्त्री महत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
940Shares
विद्युतीय गाडीमा बढाइएको कर घट्दैन, बरु बढ्न सक्छ : अर्थमन्त्री महत
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा बढाइएको करको दर नघट्ने बताएका छन् । आज (शुक्रबार) बजेटमाथिको छलफलमा राष्ट्रिय सभामा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

बजेटमाथिको छलफलमा बोल्दै अर्थमन्त्री महतले भने ‘विद्युतीय गाडीमा कर घट्दैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो यथावत रहला, घट‍्दैन। बरू बढ्न सक्ला, ।’

सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकबाट ५१ देखि १०० किलोवाटसम्मका निजी विद्युतीय सवारी साधनमा ५ प्रतिशत भन्सार शुल्क बढाएको थियो। त्यस्तै यसअघि अन्तःशुल्क नगाल्ने गरेकोमा १० प्रतिशत अन्तः शुल्क तोकेको छ।

उनले अहिले विद्युतीय गाडी किन्ने तयारीमा रहेका ग्राहकहरूले सोही गाडी नै किन्ने वातावरण सुनिश्चित गरिएको बताए। उनका अनुसार विद्युतीय सवारी साधनको तुलनामा पेट्रोलियममा आधारित सवारी साधनमा लाग्ने कर बढी छ।

उनले विद्युतीय सवारी साधनमा व्यवसायीहरुले १० देखि १५ लाखसम्म फाइदा उठाएको बताए । साथै, विद्युतीय सवारी साधनमा नाफा खान नपाउने स्वार्थ समूहले बिरोध गरिरहेको पनि उनले बताए ।

त्यस्तै उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु चुनौतिपूर्ण बन्दै गएको बताए । ‘अहिलेको अवस्थामा सरकारको पुँजीगत खर्च प्रभावकारी रुपमा बढाउनु चुनौतिपूर्ण हो। पुँजीगत खर्चलाई प्रभावकारी बनाउनको लागि बुँदा नम्बर २९ देखि ४६ सम्म बुँदागत रुपमा उल्लेख गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘पुँजीगत खर्च गर्न कार्यान्वयनमा समस्या छ। साइट क्लियरेन्स छैन।’

विश्व बैंकले दिएको अनुदान समेत खर्च नभएको भन्दै अर्थमन्त्री महतले त्यो विषयले सरकार थप गम्भीर भएको बताए । उनले सरकारले साधारण र चालुखर्चमा स्थानीय तहमा जाने रकम समेत जोडेर पुँजीगत खर्च ४७१ अर्ब बराबर रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
940SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?