काठमाडौँ । दशैं तथा तिहारजस्ता ठुला चाडपर्वहरुहरुलाई लक्षित गरेर विभिन्न विद्युतीय सामग्री उत्पादक कम्पनीहरूले हरेक वर्ष विभिन्न अफर ल्याउने गरेका छन् । यस वर्षको दशैं तिहार तथा छठजस्ता ठुला पर्वहरु नजिकिदै गर्दा कतिपय विद्युतीय सामग्री उत्पादक तथा वितरकहरुले विभिन्न अफरहरु सार्वजनिक गरेका छन् ।
कुन कम्पनीको कस्तो छ त दशैंतिहार अफर
सिजी
यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका घरायसी उत्पादनमा समेटिएको छ । भदौ २३ गतेबाट सुरु भएको योजना छठ पर्वसम्म रहने कम्पनीले जनाएको छ ।
स्काईवर्थ
ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् । अन्य विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट दिइएको कम्पनीले जनाएको छ । त्यसका साथै हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्नेछन् । यो अफर असोज १ गतेदेखि कार्तिक ३० सम्म लागू हुनेछ ।
माइडिया
सामसङ
केही सामसङ टीभीमा एक वर्षको निःशुल्क वल्र्डलिंकको इन्टरनेट र नेटटीभी दिइने अफर पनि छ । सामसङका एचडी, एफएचडी, ४ के यूएचडी, क्यूएलईडी, नियो क्यूएलईडी ४ के टीभी र फ्रेम टीभीमा विशेष बोनस उपहारसहित क्यासब्याक समेत रहेको कम्पनीले जनाएको छ ।


































